होटल पार्क ल्यान्डले आईपीओ ल्याउन बोर्डसँग माग्यो अनुमति
काठमाडौं । होटल पार्क ल्यान्डले आईपीओ ल्याउनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेकाे छ । उक्त होटलले आईपीओ ल्याउनका लागि अनुमति माग गर्दै बाेर्डमा निवेदन दिएको हो।
होटलले १५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउन लागेकाे हाे । उसले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ।
होटलको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।




