कार्यालय प्रमुख, सुचनाअधिकारी र शिक्षकहरुलाई तालिम
बाँके । बास नेपालले सिआइजिपिको सहकार्यमा बाँके स्थित सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी र शिक्षकहरुलाई सकारात्मक सोच र सुशासन बिषयक तालिम सम्पन्न गरेकोछ ।
सरल र सहज सार्वजनिक सेवा प्रवाह, ब्यवहार परिवर्तन र सुशासन प्रर्बद्धनका लागि कर्मचारीहरु र शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको हो । तालिममा सकारात्मक सोच र सुशासनका विभिन्न बिषयमा राष्ट्रिय सुचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले प्रशिक्षण गरेका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले तालिमको उद्धेश्यमाथि प्रकाश पारेको तालिमका सहभागिहरुले तालिमबाट ब्यवहारिक ज्ञान र सुशासनका बिषयमा अत्यन्तै महत्वपूर्ण कुराको जानकारी हासिल भएको प्रतिक्रिया दिएका थिए ।
सकारात्मक सोच र सुशासनका बारेमा जानकारी भएपनि यसको ब्यवहारि प्रयोगको ज्ञान तालिमबाट हासिल भएको सहभागिहरुको भनाई थियो । धन्यबाद ज्ञापन सहित तालिमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।




