सामसुङको नयाँ एआई ड्रिभन स्मार्टफोन अनुभवको संकेत
काठमाडौं । सामसङले चाँडै नै केही नयाँ आउँदैछ भन्ने संकेत गर्दै टिजरहरूको शृङ्खला जारी गरेर उत्साह जगाएको जनाएको छ ।
आधिकारिक विवरणहरू अझै खुलाइएको छैन, तर एउटा टिजरले स्मार्टफोनको अनुभवलाई रूपान्तरण गर्न सक्ने सुविधामा संकेत गरेको देखिएको छ ।
सम्भावित रूपमा डिस्प्ले इन्टेलीजेन्स वा उपकरणमा रहेको एआईसँग सम्बन्धित छ, जबकि अर्कोले सामसङको लोकप्रिय नाइटोग्राफी फिचर तर्फ औंल्याउँछ, सम्भवतः अपग्रेडको इशारा गर्दछ ।
यी सूक्ष्म संकेतहरूले पहिले नै कुराकानी सुरु गरिसकेका छन्, जसले गर्दा सामसङले अब के अनावरण गर्न सक्छ भन्ने बारेमा अनुमानहरू बढेका छन्।
नेपालभित्र ग्यालेक्सी फ्ल्यागसिपको सफलतामाथि टेकेर, सामसङले दैनिक प्रयोगलाई अझ स्मार्ट र सजिलो बनाउने योजनातर्फ ध्यान दिइरहेको जनाएको छ ।
टीजरमार्फत संकेत गरिएको अनुभव अन–डिभाइस एआइ द्वारा सञ्चालित एक इन्टेलीजेन्ट डिस्प्ले लेयरमा केन्द्रित देखिन्छ, जसले कन्टेन्टलाई रियल टाइममा गतिशील रूपमा अनुकूलन गर्छ । यसको प्रयोगकर्ताहरूले दैनिक विभिन्न परिस्थितिहरूमा आफ्नो स्क्रिन कसरी हेर्छन्, कसरी अन्तर्क्रिया गर्छन् र कसरी संलग्न हुन्छन् भन्ने अनुभवलाई अझ प्रभावकारी बनाउँछ ।
टीजरमार्फत संकेत गरिएको सबैभन्दा चासो जगाउने सम्भावनाहरूमध्ये एक भनेको अनस्क्रिन प्राइभेसीप्रति नयाँ दृष्टिकोण हो। उन्नत डिस्प्ले प्रविधिहरू र अन डिभाइस इन्टेलिजेन्सको उपयोग गरेर, सामसङले आजको जीवनशैलीको लागि डिजाइन गरिएको एआई संचालित प्राइभेसी तह प्रस्तुत गर्ने तयारी गरिरहेको हुन सक्छ।




