आइपिओ निष्काशन गर्दै अप्पर रिचेत हाईड्रोपावर, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट
काठमाडाैं । अपर रिचेत हाइड्रोपावर प्रालिले आफ्ना साधारण सेयरहरु आइपिओमार्फत सार्बजनिक निष्काशन गर्ने भएको छ।
कम्पनीले आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ। अपर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्तक्षर गरे।
कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड पुँजी बराबरका ८ लाख कित्ता साधारण सेयरहरु निकट भविष्यमै सर्बसाधारणमा निष्काशन गर्नेछ। आइपिओ प्रक्रियाकै लागि कम्पनीले आँफुलाई तुरुन्तै पब्लिक कम्पनी बनाउने र क्रेडिट रेटिंङ्गको कार्य पनि अघि बढाएको छ। कम्पनीले आगामी श्रावण/भाद्र महिनामा आइपिओमा जाने योजना रहेको कम्पनीले बताएको छ।




