वृज एडिटिभ्स् सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न
काठमाडौं । वृज एडिटिभ्स् प्रा.लि.को प्रायोजनमा राष्ट्रियस्तरको इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । “दूरदृष्टिसहितको निर्माण दिगो र सुदृढ नेपालका लागि युवा, नवप्रवर्तन र दिगोपनको समन्वय” भन्ने नारासहित नेपाल इन्जिनियरिङ क्याम्पस, पुल्चोकको प्राङ्गणमा माघ २३ गतेदेखि तीन दिनसम्म उक्त प्रदर्शनी सञ्चालन गरिएको थियो ।
प्रदर्शनीअन्तर्गत फोटोग्राफी, क्विज, ट्रेजर हन्ट, पप्सिकल ब्रिज प्रतियोगिता, प्राजेन्टेसन, फ्लोट डिजाइन, सर्भेइङ च्यालेन्ज, मोडल प्रतियोगिता, सेक टेबल, कविता प्रतियोगिता, ओलम्पियाड, अटो क्याड, इटाब्स, आइडियाथन तथा ह्याकाथन गरी १५ विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्य, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रदर्शनी समापन समारोहमा विभिन्न विधाका विजेता तथा उपविजेतालाई वृज एडिटिभ्स् प्रा.लि.का सहायक महाप्रबन्धक रविन्द्र उपाध्याय तथा परियोजना प्रबन्धक प्रशान्त पोखरेलले ट्रफी प्रदान गरेका थिए । यस अवसरले कम्पनीको इन्जिनियरिङ समुदायसँगको सहकार्य तथा प्राविधिक विकासप्रतिको प्रतिबद्धता प्रस्ट पारेको छ ।
सन् २०२२ मा स्थापना भएको वृज एडिटिभ्स् प्रा।लि। केडिया अर्गनाइजेसनको निर्माण रसायन क्षेत्रतर्फको रणनीतिक पहल हो । कम्पनी विशेषगरी कंक्रिट एडमिक्स्चर, टाइल एडहेसिभ तथा वाटरप्रूफिङ समाधानमा केन्द्रित छ । वृज एडिटिभ्स् प्रा।लि। आईएसओ ९००१ः२०१५ प्रमाणित उद्योग हो र यसका उत्पादनहरू इटालियन प्रविधिमा आधारित छन् ।
प्रदर्शनीमा वृज एडिटिभ्सले रेडी–मिक्स कंक्रिट (आरएमसी), जलविद्युत आयोजना, पूर्वाधार विकास तथा ठूला आवासीय तथा व्यावसायिक परियोजनाका लागि प्रयोग हुने उन्नत कंक्रिट एडमिक्स्चर समाधानहरू प्रस्तुत गरेको थियो ।
प्रमुख उत्पादनहरूमा सिल्कन फ्लोमिक्स पीसी सिरिज ९पीसी १००, पीसी ३५०, पीसी ४५०, पीसी ५५०० रहेका छन् । यी उत्पादनहरूले कंक्रिटको कार्यक्षमता सुधार गर्नुका साथै पानी–सिमेन्ट अनुपात घटाउने र प्रारम्भिक तथा दीर्घकालीन मजबुती वृद्धि गर्न सहयोग पुर्याउँछन् ।
त्यसैगरी, अल्ट्रासेट १०० (एक्सेलेरेटर) छिटो सेट हुने तथा समय–संवेदनशील निर्माण परियोजनाका लागि उपयुक्त उत्पादनका रूपमा प्रस्तुत गरिएको थियो । यी उत्पादनहरू हाल नेपालभरका आरएमसी प्लान्ट, पूर्वाधार परियोजना तथा प्राविधिक रूपमा जटिल निर्माण कार्यमा प्रयोग हुँदै आएका छन् ।
कंक्रिट एडमिक्स्चरका अतिरिक्त, वृज एडिटिभ्सले टाइल एडहेसिभ तथा वाटरप्रूफिङ उत्पादनहरूको श्रृंखला पनि प्रदर्शनीमा प्रस्तुत गरेको थियो ।
टाइल एडहेसिभ सिरिज (एफटी, डब्ल्यूटी, एटी, अल्ट्रा ह्वाइट एडहेसिभ, इपोक्सी तथा ग्राउट) पोलिमर–संशोधित सिमेन्ट–आधारित उत्पादनहरू हुन् । यी उत्पादनहरू सिरेमिक, भिट्रिफाइड, मार्बल, ग्रेनाइट तथा ठूला फर्म्याटका टाइलहरूका लागि उपयुक्त मानिन्छन् । यसले बलियो बन्धन, दीर्घकालीन टिकाउपन तथा आकर्षक फिनिस सुनिश्चित गर्छन् ।
त्यसैगरी वेदर प्रो प्लस २५०, सुपरलेटेक्स तथा सेम–शील्ड जस्ता वाटरप्रूफिङ समाधानहरू भवन तथा संरचनालाई पानी चुहावट, सिपेज तथा ओसिलोपनबाट जोगाउन उपयोगी रहेका छन् ।
वृज एडिटिभ्स् प्रा.लि.को दैनिक उत्पादन क्षमता ८० मेट्रिक टन रहेको छ । कम्पनीले कडा गुणस्तर नियन्त्रण प्रणाली, आधुनिक उत्पादन प्रक्रिया तथा निरन्तर अनुसन्धान तथा विकास आर एन्ड डी लाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
कम्पनीका प्रमुख प्रतिबद्धतामा स्थिर तथा उच्च गुणस्तर, साइट–उन्मुख व्यवहारिक समाधान, नवप्रवर्तनमा आधारित उत्पादन विकास तथा दिगो र टिकाउ निर्माण अभ्यास रहेका छन् ।




