सागर ग्रुपकोे ‘बेलियो एक्स्पेरियन्स २०२६’मा प्रविधि प्रेमीहरूको घुँइचो, उपभोक्ता र प्रविधिबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै
काठमाडौं । सागर ग्रुपद्वारा आयोजित र हीबदद्वारा प्रवद्र्धित ‘बलेयो एक्स्पेरियन्सः टेक्नोलोजी एण्ड लाइफस्टाइल मिट एण्ड ग्रिट’ (चौथो संस्करण) काठमाडौंमा उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ । माघ २२ गते (फेब्रुअरी ५) बाट सुरु भएको यो ६ दिवसीय कार्यक्रम माघ २७ गते (फेब्रुअरी १०) सम्म जारी रहनेछ ।
आज कार्यक्रमको दोस्रो दिनसम्म आइपुग्दा आगन्तुक र सहभागी ब्रान्डहरूबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यस मेलामा नेपालको आफ्नै स्वदेशी ब्रान्ड हीबद लगायत विश्वप्रसिद्ध ब्रान्डहरू जस्तै Brother, Konica Minolta, Kaspersky, NEC, Micropack, iDP र Odoo का नवीनतम उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् ।
एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएको छ । सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिन्छ ।

कार्यक्रमका मुख्य आकर्षणहरूः
अन्तरक्रियात्मक प्रदर्शनीः आगन्तुकहरूले नवीनतम प्रविधि र जीवनशैली समाधानहरूको प्रत्यक्ष अनुभव (Hands–on experience) र लाइभ डेमो हेर्न पाउनेछन् ।
विशेषज्ञ तालिमः प्राविधिक विज्ञहरूद्वारा विभिन्न उत्पादनहरूको प्रयोग र उपयोगिताका बारेमा तालिम प्रदान गरिनेछ ।
विशेष छुटः मेला अवधिभर खरिद गरिने सामग्रीहरूमा विशेष छुट र आकर्षक अफरहरूको व्यवस्था गरिएको छ ।
साझा मञ्चः यो कार्यक्रम डिलर, होलसेलर र उपभोक्ताहरूलाई एकै ठाउँमा ल्याउने एउटा साझा चौतारी बनेको छ ।
कार्यक्रमका बारेमा बोल्दै सागर ग्रुपकी निर्देशक बुद्धलक्ष्मी मानन्धरले भन्नुभयो, “यो केवल एउटा ब्रान्ड एक्स्पो मात्र होइन, बरु ग्राहकहरूले आफ्ना अनुभव र सुझावहरू हामीलाई प्रत्यक्ष रूपमा दिने माध्यम पनि हो। हामीले उपभोक्ताका आवश्यकता बुझ्न र उनीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न यो प्लेटफर्म तयार गरेका हौं।“

त्यसैगरी, क्यान महासंघ (CAN Federation) का वरिष्ठ उपाध्यक्ष र नेपालको अग्रणी साइबर सुरक्षा कम्पनी वान कभर (One Cover) का सीईओ चिरञ्जीवी अधिकारीले यस मेलाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “यस एक्स्पोले सम्पूर्ण ’कन्जुमर टेक इकोसिस्टम’ लाई एकै छानामुनि ल्याएको छ। यसले नेपालको डिजिटल रूपान्तरणको यात्रामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।“
नेपालकै सबैभन्दा ठूलो र लामो समयदेखि चल्दै आएको यो प्रिन्टर एक्स्पोमा 6G, AI, IoT, Fintech, Smart Mobility र HealthTech जस्ता भविष्यका प्रविधिहरूमा पनि केन्द्रित रहेर छलफल र प्रदर्शनी भइरहेको छ।
आयोजक टोली आगामी दिनहरूमा पनि सम्पूर्ण प्रविधि प्रेमी, व्यवसायी र विद्यार्थीहरूलाई यस कार्यक्रममा सहभागी भई नयाँ प्रविधिको प्रत्यक्ष लाभ लिन हार्दिक निमन्त्रणा गर्दछ ।




