डिशहोमले सुरु गर्यो ‘सर्भिस अन डोर (एसओडी) अभियान
काठमाडौँ । डिशहोम इन्टरनेटले ‘सर्भिस अन डोर (एसओडी) अभियान सुरु गरेको छ । कम्पनीले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ ‘एसओडी’ अभियान औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ । अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन् ।
‘एसओडी’ अभियान काठमाडौँ उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिने समेत जनाएको छ । साथै, अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।



