प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह–२०८२ शुरु
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१२, कपनस्थित प्रशान्ति एकेडेमीमा यस वर्षको ‘खेलकुद सप्ताह–२०८२’ भव्य रुपमा सुरु भएको छ। नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शान्ता पुडासैनीको प्रमुख आतिथ्यतामा सोमबार भएको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
उद्घाटन समारोह मार्च पास, सांस्कृतिक प्रस्तुति, नृत्य लगायतका आकर्षक गतिविधिहरुसहित सम्पन्न भएको थियो। प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले रेफ्री, खेल शिक्षक तथा प्रतियोगी खेलाडीहरुलाई खेल साहित्य तथा झण्डा हस्तान्तरण गरेर शुभकामना व्यक्त गरे। २२ खेल विधामा ४८ इभेन्ट विद्यालयका प्रिन्सिपल समिर बास्तोलाका अनुसार खेलकुद सप्ताहमा विद्यालय परिसर तथा फुटसलमा गरी २२ खेल विधामा ४८ इभेन्ट सञ्चालन भइरहेका छन्। समूह खेललाई प्राथमिकता दिँदै यस वर्ष धेरै विधा समावेश गरिएको विद्यालयले जनाएको छ।
यसअघि नै अभ्यास खेलहरु सञ्चालन गरिएको र प्रतियोगिता अझ व्यवस्थित र व्यवस्थित रुपमा अघि बढिरहेको विद्यालयले जनाएको छ। यसपटक अभिभावकहरूका लागि पनि शुक्रबार विशेष प्रतियोगिता राखिएको विद्यालयले पृन्सिपल समीर बास्तोलाले जानकारी दिनु भएको छ। खेललाई प्राथमिकतामा राख्ने विद्यालय बर्षेनि आयोजना गर्दै आएको खेल सप्ताहलाई यसपटक अझै वृहत्तर र उद्देश्यपूर्ण रुपमा सञ्चालन गरिएको छ। विद्यालयका अध्यक्ष मुरारी भण्डारी को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खेल शिक्षालाई विद्यालयको मूल पहिचान र स्वास्थ्य–अनुशासन–नेतृत्वको आधारको रुपमा विकास गर्दै लगिएको बताए। उनका अनुसार प्रशान्ति एकेडेमीले शिक्षासँगै खेलकुदलाई प्राथमिकताको केन्द्रमा राखेर विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा जोड दिइरहेको छ।
शैक्षिक उपलब्धि पनि उत्कृष्ट केवल खेल मात्र नभई शैक्षिक क्षेत्रमा पनि प्रशान्ति एकेडेमी बुढानिलकण्ठकै उत्कृष्ट संस्थाका रुपमा स्थापित छ। SEE 2082 मा विद्यालयका २ जना विद्यार्थीले ४ GPA हासिल गर्न सफल भएका छन् भने बाकी सम्पूर्ण विद्यार्थीले A+ ल्याएर विद्यालयको नाम उज्ज्वल बनाएका छन्। यस उपलब्धिका कारण प्रशान्ति एकेडेमीलाई स्थानीय अभिभावक तथा सरोकारवालाले बुढानिलकण्ठकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा कदर गर्ने गरेका छन्। अतिथि तथा सहभागिता कार्यक्रममा वरिष्ठ प्रशिक्षक तथा खेल विज्ञ केशव गौतम विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए। साथै विद्यालय सञ्चालकहरू शमिर ढुंगेल, गोपाल अधिकारी, शिव नारायण पौडेल, कमल तामाङ, जनकल्याण माविका सहायक प्रअ सुरेश कटवाल, समिति सदस्य मीन ज्योति गिरि लगायतको पनि उपस्थिति थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा सदनलाई विशेष कार्यक्रममार्फत पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिने विद्यालयले जनाएको छ।



