सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीद्वारा प्रतिज्ञा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले “सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस”को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम ब्ःी( ऋँत् प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् । नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रुपमा मनाउन घोषणा गरे अनुरुप बैंकले सो दिवस मनाएको हो ।
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रबिण मुनि बज्राचार्य र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।



