नारायणघाट-बुटवल सडक आयोजनाको पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
काठमाडौं । नारायणघाट-बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डमा निर्माणाधीन ३४ पुल निर्माण सम्पन्न भएको छ ।
सडक आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार अरुण खोला पुलको आठौं स्पानको ढलान गर्ने काम सकिएको छ । यससँगै पूर्वी खण्डमा साना २२ र ठूला १२ गरी ३४ पुल निर्माण सकिएको हो ।
तीमध्ये ३३ पुलबाट यातायात समेत सञ्चालन सुरु भइसकेको आयोजनाले जनाएको छ । अरुण खोला पुलमा भने अझै यातायात सुरु गरिएको छैन । यो पुलमा २१ फागुनको निर्वाचन अगाडि नै यातायात सञ्चालनमा ल्याउने योजना आयोजनाको छ ।



