शेयर बजारमा निर्वाचनको प्रभाव कस्तो रहला ?
रिसव गौतम
गत भदौ २३ र २४ को जेनजी आन्दोलन र विद्रोहको पृष्ठभुमिमा आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएको छ । संसद विघ्टन गरी राष्ट्रपतीबाट निर्वाचनको ६ महिने कार्यादेश पाएको सरकारले चुनाबको एकलब्बे तयारी गरिरहेको छ । चुनाब हुने ग्यारेन्टी भएपछि यसबीच अन्तरिम सरकारका ४ भाई मन्त्रीले राजीनामा दिएका छन् । र, चुनाबमा भाग लिन उनीहरु समेतले उमेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा चुनाबमा भाग लिन दल दर्ता, समानुपातिक सुची बुझाउने र प्रत्यक्ष तर्फको उमेदवारीमा दलिय तथा स्वतन्त्रहरुको दर्ता समेत भइसकेको छ । दल र तिनका उमेदवारहरु भोट माग्न घरदैलो अभियानमा जुटिसकेका छन् । सभा, सम्मेलन र भाषणबाजी चर्किन थालेको छ । दलहरु घोषणापत्र लेखनमा ब्यस्त हुदैछन् । देश नै चुनावी पर्वले धपक्क बल्न थालेको छ । चुनाबले गर्माएपछि उपभोक्ता बजार चलाएमान हुन थालेको छ । अदृश्य पैसाहरु समेत बाहिर आएर करिव १ खर्ब हाराहारी चुनाब शिर्षकमा खर्च हुने अनुमान छन् ।
उमेदवारहरु चुनाब जित्ने हत्कन्डा स्वरुप एकले अर्कालाई कसरी पछी पार्ने भन्ने जुक्ति निकालिरहेका छन् । निर्वाचन आयोगले मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याइसकेको छ । म्यादी प्रहरी भर्नाको काम भइसकेको छ । माघ दोश्रो साताबाटै चुनाबी सुरक्षाको माहौल खडा गर्न नेपाली सेना तैनाथ हुदैछ । यसरी सम्पुर्ण हिसावले सरकार शान्तिपुर्ण रुपमा चुनाब गराउन लागि परेको छ । चुनाब हुने सुनिश्चित भएको छ । दातृ निकायहरुले पनि चुनाबी प्रयोजनका लागि आवश्यक सहयोग दिन थालिसकेका छन् । निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुगिसकेको बताउन थालेको छ । यस्तोमा अहिलेको चुनावी माहौल र आसन्न चुनाबको नतिजाले शेयर बजारमा कस्तो प्रभाव पार्ला ? भन्ने आम चासो देखिन्छ ।
खासगरी फागुन २१ को चुनाब जेनजी आन्दोलनको ‘म्यान्डेट’ले सिर्जना गरेको परिघटना हो । जेनजीहरुले भदौ २३ को आन्दोलन कुशासन, भष्ट्राचार र शासन सक्तामा एउटै पुरानो बर्गको रजगज भएको भन्दै आन्दोलन गरेका थिए । त्यसमाथी सामाजिक सञ्जाल बन्दको निर्णयले आक्रोश र आन्दोलनलाई बल प्रदान गरेको थियो । त्यसकारण पनि फागुन २१ को निर्वाचनमा पुराना दलहरु र नयाँहरुबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचन नजिकिँदै गर्दा नयाँ दलहरु खासगरी काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह मिसिएको रवि लामिछानेको रास्वपा, हर्क साम्पाङको श्रम सँस्कृति पार्टी, कुलमानको उज्यालो नेपाल पार्टी र कतिपय अरु नयाँ दलहरुको अहिले प्रभाव बढेको देखिन्छ । यो पटकको जनताको ‘सेन्टीमेन्ट’ नयाँहरु प्रति नै बढेको जस्तो देखिन्छ । तर पुराना एवं सांगठनिक रुपमा जरा गाढेर बकेका दलहरु पनि कमजोर चाँही देखिदैनन् । फेरी मिश्रित निर्वाचन प्रणालीले गर्दा पनि कुनै एक पार्टीको बहुमत आउने संभावना अहिले छैन ।
पुष महिनामा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह रास्वपामा प्रवेश गरेको भोलीपल्ट शेयर बजार ४७.५५ अंकले बढेको थियो । कुलमान रास्वपामा प्रवेश गर्दा पनि बजार बढेको हो । त्यस हिसावले पनि शेयर बजारले यसपटक नयाँ राजनीतिक दल र शक्ति खोजिरहेको भान हुन्छ । फेरी राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी, सुधारिएको गगन थापा नेतृत्वको नेपाली काँग्रेस यी सबैको आर्थिक सिद्धात मुलत पँुजीवादी नै हो । अर्थात उदारवादी एवं नीजि क्षेत्रमैत्री आर्थिक प्रणाली नै उनीहरुको रोडम्याप हुन्् । देशमा दुई तिहाइ जनमत कम्युनिष्टहरुकै भएपनि विभिन्न कारणले उनीहरु एक अर्कामै ज्यादा लडाँइ गर्दा यसपटक मतदाता विरक्क्तिएका देखिन्छन् । त्यसकारण पनि फागुन २१को ब्यालेट यसपटक कम्युनिष्टहरुको पोल्टामा पर्ने सम्भावना निकै कम छ । तसर्थ यो पटकको निर्वाचनले शेयर बजार अवश्य बढाउँदै लैजानेछ । किनकी शेयर बजारले जहिले पनि नीजि क्षेत्रमैत्री दल र उमेदवारहरुको खोजिरहेको हुन्छ । खुल्ला एवं राज्यबाट नियन्त्रण नगरिएको स्वतन्त्र व्यवसायिक वातावरण खोजिरहेको हुन्छ । त्यस सन्र्दभमा राष्ट्रिय स्वतन्त्र पार्टी सहितका पुँजीवादलाई पछ्याएका पार्टीहरुको माहोल बनिरहँदा शेयर बजारले ‘ग्रिन सिग्नल’ दिनु स्वभाविक हो । दलहरुले माघ ६ गते प्रत्यक्ष तर्फको उमेदवारी दिइसकेकपछि शेयर बजार ४२ अकंको छलाङ मारेर ‘ग्रिन सिग्नल’ दिइसकेको छ । जतिजति निर्वाचन नजिकिँदै जानेछ र माहौल पनि नयाँहरुको पक्षमा भएछ भने त्यति नै शेयर बजार बढ्न सक्ने देखिन्छ । जस्तो कि ०६४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टी माओवादीको माहौल बढीरहँदा र उसैको पक्षमा निर्वाचनको नतिजा आउँदा शेयर बजार धेरै नै घटेको थियो । सो बर्ष ०६४ मंसिरमा १ हजार २५ अंकमा रहेको शेयर बजार परिसुचक निर्वाचनको समय चैत्रमा आइपुग्दा ७ सय ४७ अंकमा झरेको थियो । त्यतिखेरका अर्थमन्त्री डा बाबुरामा भटराइले ०६५ साल भदौ २ गते शेयर बजार जुवा घर हो भनेपछि त झन् बजारको मनोविज्ञान निकै खस्केको थियो । अर्थमन्त्रीको रुपमा भटराइको सो अभिब्यक्तिपछि बजार १०७५ अंकबाट क्रमश २९२ अंकसम्म तल झर्यो ।
तर माओवादी क्रमश शक्तामा अभ्यस्त भएपछि उसले आफना घोषणापत्रमा उल्लेखित धेरै नीति कार्यक्रम छोड्यो । पुराना दलहरुसँगको सहकार्य बढाउन थालेपछि बजार सम्हालिएर बढ्न थालेको हो । नेपालमा दृश्यमा देखिन गरी अलिकति गरिव तथा उपेक्षित बर्गको मुद्धालाई बोकेको, समाजवादको यात्रा तय गर्छौ भन्ने पार्टी माओवादी नै थियो । तर अहिले माओवादी पार्टी मुल रुपमा विभिन्न कम्युनिष्ट भनिने सुधारबादी दलहरुसँग गठबन्धन गर्दै नेकपा बनेको छ । उसले जनयुद्ध सुरु गर्दा ताकाको माग र मुद्धा धेरैजसो छोडिसकेको छ । अहिले त काँगे्रस, एमाले र नेकपामा तात्विक फरक छैन । सैद्धान्तिक हिसावले केही फरकपना त होला । तर उनीहरुले दुइ दशकबीच गरेका काम र परिपाटी काँगे्रस–एमालेकै जस्तो हो । अर्को एमाले पार्टी नामले कम्युनिष्ट भएपनि काँग्रेस भन्दा पनि उदार र पुँजीवादी ढर्राको पार्टी हो । काँगे्रस् त भन्नै परेन, उ घोषित रुपमै उपल्लो बर्गको, पुँजीवादको पक्षपोषक पार्टी हो । यसकारण शेयर बजारले अहिले दलिय सिद्धान्तका आधारमा डराएको छैन । बरु निर्वाचनबाट पुरानै भ्रष्ट नेताहरु पो दोहोरिने हुन् कि भन्ने शंसय चाँही छ । तर यसपटक सुधारिएको नेपाली काँगे्रसले पनि युवा नेता सभापती गगन थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनाबमा होमिएको छ । धेरैजसो बुढापाका र कतिपय भष्ट्राचारमा मुछिएकाहरुले काँग्रेसमा टिकटै पाएका छैनन् । अरु दलहरुमा पनि युवाहरुको लहर बढी देखिन्छ । त्यसकारण देशले जेजनी आन्दोलनको पृष्ठभुमीमा नयाँ र युवाहरु नै खोजेको परिपेक्षमा निर्वाचन हुदैछ, माहौल नयाँ र युवाहरुकै आसपास आइरहँदा अवका दिनमा शेयर बजार बढ्दै जाने कुरामा दुइमत छैन ।



