सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक
काठमाडौँ। महालेखा नियन्त्रण कार्यालयले सरकारी रकम बाँकी हुने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ ।
पटक पटक सूचना जारी गरेर विवरण बुझाउन आउने ताकेता गरेतापनि सरकारी रकम बाँकी हुनेहरूबाट कार्यालयमा रकम बुझाउने काम नभएको हुँदा बाध्य भएर निजहरूको तीनपुस्ते विवरण प्रकाशित गरिएको बार्यालयद्वा्रा जारी सूचनामा भनिएको छ ।
महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण आज सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा ब्याज तिर्न निर्देशन दिएको छ । अन्यथा उनीहरुको चल अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोमिज असुल उपर गर्ने चेतावनी दिइएको छ ।
सार्वजनिक सूचनामा लेखिएअनुसार सरकारी रकम तिर्न बाँकी हुनेहरुको लगत कायम गरी उनीहरुको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरुमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै घर ठेगानामामा पत्राचार गरी उपस्थित हुन भनिएको थियो ।




