बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि गोरखा–२ बाट उम्मेदवार बनेका भट्टराईले उम्मेदवारी दर्ता लिएका हुन् ।
यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो ।
तर, सो क्षेत्रका अन्य दलका उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णय पुनर्विचार गरेका हुन् ।



