ब्रिटिस काउन्सिलको “कल्चरल प्रोटेक्सन फन्ड” को १० बर्ष पुरा, क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना
काठमाडौं । ब्रिटिस काउन्सिलको “कल्चरल प्रोटेक्सन फन्ड” को १० बर्ष पुरा भएको अवसरमा क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको छ । साँस्कृतिक संरक्षणका लागि सञ्चालित आफ्नो “कल्चरल प्रोटेक्सन फन्ड” १० बर्षमा प्रवेश गरेको घोषणा गर्न पाउँदा ब्रिटिस काउन्सिलले खुशी व्यक्त गरेको छ ।
नेपालसहित विश्वका १९ वटा देशमा द्धन्द्ध र जलवायु परिवर्तनका कारण जोखिममा परेका साँस्कृतिक सम्पदाको संरक्षणका लागि महत्वपूर्ण कार्यलाई निरन्तर दिन प्रतिवद्ध गरेको छ । सन् २०२२ देखि कल्चरल प्रोटेक्सन फन्डले नेपालमा आम नागरिकलाई इतिहास, पहिचान र आपसमा जोड्ने सम्पदाको संरक्षण र समुदायको सशक्तिकरणका लागि सहयोग गर्दै आएको छ ।
फन्डमार्फत् भएका महत्व कार्य
•नेपालमा कुसुन्डा जस्तो लोपोन्मुख भाषालाई सम्वन्धित समुदायले पुर्नजीवित गरिहेका छन् भने महिलाको नेतृत्वमा मैथिल कलालाई सृजनात्मक तरिकाले पुर्नजीवन दिएका छन् । त्यस्तै, डोल्पामा हिमाली गुम्बाहरुको संरक्षणका लागि काम भएका छन् भने गण्डकीको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण लोप हुन लागेका आदिवासी समुदायको खाद्य परम्परा (फुड ट्रेडिसन) लाई दस्तावेजमा उतार्दै यसको जर्गेना पहल अघि बढेको छ ।
•बंगलादेशमा भरेन्द्रा रिसर्च म्युजिमले संग्रहालयमा संकलित सामाग्री तथा मौखिक परम्परालाई संरक्षण र सम्वद्र्धन गर्न व्यवसायिक व्यक्तिलाई तालिम प्रदान गरेको छ ।
•पाकिस्तानमा इन्दुश डेल्टामा समुद्री सम्पदा र हजारा समुदायको शिल्पकलाको संरक्षणदेखि स्वात उपत्यकामा बुद्धका मूर्ति पुर्नस्थापना, ऐतिहासिक सिल्क रोडका भवन मर्मतका साथै कराँचीको खालिक्दिना हललाई एक जीवन्त साँस्कृतिक हवको रुपमा पुर्नस्थापनाका लागि सहयोग गरिएको छ ।
ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले आम नागरिकको तहमा लगानी गरिरहँदा कल्चलर प्रोटेक्सन फन्डले सम्पदा संरक्षण गर्ने दिर्घकालिन प्रतिवद्धतालाई उजागर गरेको बताउनुभएको छ ।
नेपालभर व्यवसायिक विकासका लागि नयाँ अवसरहरु सृजना गर्दै नेपालमा साँस्कृतिक संरक्षणको भविष्यलाई नयाँ स्वरुप दिन र सम्पदाका क्षेत्रमा क्रियाशील अभ्यासकर्ताको सीपलाई सबल बनाउन र सञ्जाल निर्माणमा सहयोग गरिरहेको उहाँको भनाई छ ।
समुदाय केन्द्रित यस प्रकारका पहलहरुले उनीहरुको पुनर्लाभ, उत्थानशीलता र नवीकरणमा महत्वपूर्ण योगदान गरेको छ । जसबाट समुदायलाई साँस्कृतिक बिषयबारे ज्ञान प्राप्त गर्न तथा पहिचान र साँस्कृतिक सम्पदामा आधारित भई भविष्य तय गर्न सहयोग गर्नेछ ।



