२० लाख रासीको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’ सरसफाइका क्षेत्रमा योगदान गर्नेलाई प्रदान गरिने
काठमाडौँ । आफ्नो पेसा वा व्यवसायका माध्यमबाट देश र समाजलाई उल्लेखनीय उोगदान पु¥याएका व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिने गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड यसवर्षका लागि आह्वान गरिएको छ ।
रोटरी डिस्ट्रिक ३२९२ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रु २० लाख राशिको सो पुरस्कार यस वर्ष पानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा प्रदान गरिने जानकारी दिइयो । सन् २०१० देखि दुई वर्षमा रु १० लाखका दरले प्रदान गरिँदै आएको यो पुरस्कार सन् २०२४ देखि प्रत्येक वर्ष रु २० लाखका दरले प्रदान गर्न थालिएको भोकेशनल अवार्ड समितिका अध्यक्ष राजेन्द्रमान शेरचनले बताए ।
कसरी दिने आवेदन ?
रोटरी क्लव नेपालले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनगरी सो अवार्ड प्राप्त गर्नका लागि माघ २२ सम्म आवेदन पेश गर्न आह्वान गरेको हो ।
सो अवार्डका लागि रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानहरुमा रहेका १६३ वटा क्लवहरुबाट सो आवेदनका फारमहरु प्राप्त गर्न र बुझाउन सकिने अवार्ड समितिका प्रमुख राजेन्द्रमान शेरचनले बताए । ‘यस पुरस्कारका लागि रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानहरुमा रहेका १६३ वटा क्लवहरुबाट सो आवेदनका फारमहरु प्राप्त गर्न र बुझाउन सकिनेछ । आवेदन फारम भर्ने/बुझाउने अन्तिम मिति यही माघ २२ गतेसम्म रहेको छ’ उनले भने ।
पेशा, व्यवसाय, तथा उद्योगमा निरन्तर उत्कृष्टता प्रदान गरेको, दुरदृष्टि, नवप्रवर्तन वा सृजनशीलता, जोखिम लिन सक्ने साहस देखाएको, अरुलाई प्रेरणा वा उत्प्रेरणा देखाएको, समाजमा उदाहरणीय काम गरेका व्यक्ति, संस्थाहरुले सो अवार्डका लागि आवेदन दिन सकिनेछ ।
अवार्ड आगामी फागुन ७ गतेदेखि पोखरामा आयोजना हुने १८ औं डिष्ट्रिक्ट सम्मेलनमा प्रदान गरिएको रोटरी क्लवले जनाएको छ ।
सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको यो संस्था हाल विश्वका २०० भन्दा बढी मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब रहेका छन् । नेपालमा भने सन् १९५९ मा प्रारम्भ भएकामा सन् २००८ जुलाईदेखि छुट्टै रोटरी डिस्ट्रिकका रुपमा सञ्चालन हुँदै आएको छ ।



