एशियन लाइफ इस्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।




