एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छन् ।
बैंकिङ क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा यस बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् ।
नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएको छिन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको उनले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेको थिइन् ।



