एसबीआई बैंकको शाखामा लुटपाट
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटिएको छ । चार–पाँच जना लुटेराले मंगलबार साँझ सुरक्षागार्डलाई कुटपिट गरेर शाखा लुटेका हुन् ।
घटनाबारे जानकारी पाएसँगै सिन्धुलीका एसपी लालध्वज सुवेदी घटनास्थलमा जाँदै छन् ।
सदरमुकामबाट करिब ४० किलोमिटर टाढा रहेको घटनास्थलमा आफू जाँदै गरेको एसपी सुवेदीले बताए । उनले भने, ‘लुटपाट भएको खबर आएको छ, म जाँदै छु ।’
बैंकको शाखाबाट कत्ति रकम लुटियो भन्नेबारे कर्मचारीहरूले यकिन गरिरहेको एसपी सुवेदीले जानकारी दिए । लुटेराको खोजीमा प्रहरी परिचालन गरिएको छ ।



