समानुपातिक सूचीबाट १६४ जनाले लिए उम्मेदवारी फिर्ता (सूचीसहित)
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता गरिएको समानुपातिक बन्दसूचीबाट १६४ जनाले उमेदवारी फिर्ता लिएका छन् ।
नाम फिर्ता लिनेमा उन्नत लोकतान्त्रिक पार्टीका दुई, गतिशील लोकतान्त्रिक पार्टीका एक, जनता समाजवादी पार्टी (जसपा), नेपालका २१, जनमत पार्टीका २० जना छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीका एक, नेकपा (एमाले)का पाँच, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का चार, नेपाल जनता पार्टीका एक, नेपाली कम्युनिस्ट पार्टीका दुई, नेपाली कांग्रेसका दुई उम्मेदवारले पनि बन्दसूचीबाट नाम फिर्ता लिएका आयोगले जनाएको छ।
यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका एक, राष्ट्र निर्माण दलका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ७८, संघीय लोकतान्त्रिक पार्टी र संयुक्त पार्टीका एक-एक जनाले उमेदवारी फिर्ता लिएका छन् ।




