मध्यपुर थिमि सहकारीमा डा. उज्ज्वल जोशीको नेतृत्व
केके मानन्धर
भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाको १८औं वार्षिक साधारणसभा र छैठौं अधिवेशनमार्फत पुनर्गठन गरिएको समितिमा उपाध्यक्ष अनिल श्रेष्ठ, सचिव कृष्णकाजी मानन्धर, कोषाध्यक्ष सञ्जयकुमार श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः रमेश थुसा श्रेष्ठ, तुलसीराम श्रेष्ठ र प्रेम सुन्दर श्रेष्ठ छानिएका छन् ।
अधिवक्ता लक्ष्मी केशरी भासिङ्कको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिले सन्चालक समिति र लेखा सुपरिवेक्षण समितिको लागि निर्वाचन गराएको थियो । तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा संयोजक कृष्णसुन्दर प्रजापति, सदस्यहरूमा नरेन्द्र श्रेष्ठ र कान्छी माया श्रेष्ठ छानिएका छन् । संस्थाको विधान बमोजिम बसेको नवनिर्वाचित सन्चालक समितिको पहिलो बैठकले ललिता यलायको संयोजकत्वमा महिला विकास उपसमिति गठन गरिएको छ । समितिमा मिन्दिरा श्रेष्ठ र सुमिना मानन्धर सदस्यको रुपमा छानिएका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ को लागि सहकारी ऐन, नियम, नियामक निकाय सहकारी शाखाबाट जारी गरिएको निर्देशिका बमोजिम संस्थाले कार्यालय अवस्थित भवनकै हलमा साधारणसभा सम्पन्न गरेको थियो । पछिल्लो समय सहकारी संस्थाको विश्वसनीयतामा प्रश्न उठ्न थालेको हुनाले वित्तीय भार कम गरी, मितव्ययी ढंगले कार्यक्रम गराउनको लागि निर्देशिका जारी भएको हो ।
संस्थामा एक हजार ५ सय २६ जना सेयर सदस्यहरू छन् जसमा महिला ६१४ र पुरूषहरूको संख्या ९१२ हो । सहकारी संस्थाको चालू आर्थिक वर्षमा जम्मा दायित्व १९ करोड ४५ लाख ७९ हजार ८१९ रूपियाँ ७१ पैसा पुगेको छ । त्यस मध्ये शेयर पुँजी १ करोड ४७ लाख १ हजार २ सय रुपियाँ, जगेडा कोष ६५ लाख ७१ हजार ८ सय ५४ रुपियाँ ९९ पैसा, निक्षेप १५ करोड ४५ लाख ५० हजार ८ सय ६९ रुपियाँ ७९ पैसा रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्था सुरक्षित रहे÷नरहेको विषयमा सेयर सदस्यले सजिलो तरिकारबाट मूल्यांकन र विश्लेषण गर्ने ‘पल्र्स’ पद्धती अनुरुप वार्षिक हिसाब उल्लेख गरी प्रतिवेदन वितरण गरिएको थियो ।
अंग्रेजी शब्द पल्र्समा पीबाट प्रोटेक्सन, ईको अर्थ इफेक्टिभ फाइनान्सिङ स्ट्रक्चर, एबाट एसेस्ट क्वालिटी, आरको अर्थ रेट्स अफ रिटर्न एण्ड कस्ट, एलको अर्थ लिक्विडिटी, एस भन्नाले साइन अफ ग्रोथ हुन्छ । समग्रमा पल्र्सको नेपाली अर्थ सहकारी संस्थामा प्रभावकारी वित्तीय संरचना, सम्पत्तिको गुण, तरलता, प्रतिफलको दर र सुरक्षा स्थितिलाई मूल्यांकन गरेर संस्था विकासको संकेत जनाउने भन्ने हुन्छ । यो अर्थमा मध्यपुर थिमि सहकारी संस्थाको पल्र्स मूल्यांकन पद्धती अनुरुप भएको देखिन्छ ।
यसअघि साधारणसभाको लागि सेयर सदस्यसम्म कार्यक्रम सम्बन्धिको सुचना पु¥याउने उद्देश्यले सम्बन्धित सदस्यको नाउँमा पत्राचार गरेकोदेखि संस्थाको सूचना पाटी, विभिन्न पत्रपत्रिका, संस्थाको सामाजिक सञ्जालमा सुचना प्रकाशन गरिएको थियो ।


