गगन- विश्वलाई विनोद चौधरीको सुझाव: यो यात्रालाई निर्णायक ठाउँमा पुर्याउनुस्
काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले विशेष महाधिवेशनले काखा र पाखाको राजनीतिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।
विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै विषम परिस्थितिमा महामन्त्रीद्वयको काँधमा पार्टीको जिम्मेवारी आएको बताए।
आगामी निर्वाचनमा ५० प्रतिशतभन्दा धेरै युवा अनुहारलाई उम्मेदवारको रूपमा अघि सार्नुपर्ने बताए। उनले जेनजी आन्दोलनले ३५ वर्षमा नेता र नेतृत्वले बाटो बिराएकोबारे सचेत गराए।
उनले भने, ‘महामन्त्रीहरू अगाडि बढ्नुस्, यो यात्रालाई अधुरो नछाड्नुस्। यसलाई निर्णायक ठाउँमा पुर्याउनुस्।’


