कांग्रेसमा विशेष पक्षधरले बनायो १८ उपसमिति [सूचीसहित]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विभिन्न १८ उपसमिति बनाएको छ । पूर्व जिल्ला सभापतिदेखि जेनजीसम्मलाई समन्वय गर्नेगरि विभिन्न १८ वटा उपसमिति बनाइएको हो ।
यी उपसमितिले विशेष महाधिवेशन सफल पार्न परिचालनको काम गर्नेछन् ।
विशेष महाधिवेशन पक्षधरले पूर्व जिल्ला सभापति, पूर्व केन्द्रीय सदस्य समन्वय, जनपरिचालन जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्व सांसद, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन समिति, यातायात व्यवस्थापन र आवास तथा खाना व्यवस्थापन उपसमिति बनाइएको छ ।
यसैगरी, सूचना तथा प्रचारप्रसार समिति, जिल्ला सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेनजी युवा परिचालन र जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समिति बनाइएको छ ।
कसलाई के जिम्मेवारी छ ? हेर्नुहोस् सूची



