२५० भन्दा बढी वृद्धवृद्धा र बालबालिका आश्रित नीलसागर सेवाश्रममा सुबिसुको निःशुल्क वाई-फाई
काठमाडौं । नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको अग्रणी सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाई-फाई जडान गरेको छ।
नीलसागर सेवाश्रम एक वृद्धाश्रम तथा अनाथाश्रम हो। जहाँ हाल २५० भन्दा बढी वृद्ध बुबाआमा तथा बालबालिकाहरूले आश्रय पाएका छन्। तीमध्ये ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी वृद्ध बुबा-आमाहरू यहाँ माया, सहारा र आत्मीयताको प्रतीक्षामा छन्।
सुबिसुले प्रदान गरेको यो निःशुल्क वाई-फाई केवल इन्टरनेटको कनेक्सन मात्र नभई उनीहरूलाई समाज र संसारसँग जोड्ने एउटा महत्त्वपूर्ण माध्यम पनि हो। यसले सूचना, शिक्षा, मनोरञ्जन र आत्मीय सम्पर्कको अवसर प्रदान गर्दै उनीहरूको दैनिक जीवनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
सुबिसुको यो सीएसआर यात्रा नीलसागर सेवाश्रममा मात्र सीमित छैन। २५ औँ वर्षको अवसरमा कम्पनीले देशका विभिन्न स्थानहरूमा सेवा तथा राहत वितरण कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। यसै वर्ष कम्पनीले बंशी राम जैसवाल अनाथ आश्रम, गरुडा तथा अमृता अनाथ आश्रम, कलैयामा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो।
जसमा गरुडाका २३ जना र कलैयाका १७ जना बालबालिकाहरूलाई सहयोग पुर्याउँदै उनीहरूको अनुहारमा मुस्कान ल्याउने सानो प्रयास गरिएको छ।


