हायात प्लेस बुटवललाई दुई महिनामै पाहुनाको उत्साहजनक प्रतिक्रिया
काठमाडौं । सन् २०२५ लाई बिदाइ गर्दै गर्दा हायात प्लेस बुटवलले सञ्चालनको दुई महिनामै पाहुनाबाट उल्लेखनीय माया र सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ। होटल व्यवस्थापनका अनुसार छोटो अवधिमै प्राप्त यस उत्साहजनक प्रतिक्रियाले टोलीलाई थप उत्साहित बनाएको छ।
प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको संगम रहेको आफ्नो लोकेसन पाहुनाले विशेष रूपमा रुचाएको हायात प्लेस बुटवलले जनाएको छ। पवित्र धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र नयाँ पर्यटकीय अनुभवहरूको केन्द्रको रूपमा विकसित हुँदै गएको बुटवलले अहिलेका यात्रुहरूको चाहनालाई समेट्न सफल भएको होटलको भनाइ छ।
काठमाडौँबाट छोटो हवाई दुरीमा तथा पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख सहरहरूबाट सहज यात्राको दूरीमा रहेकोले बुटवल यात्रुहरूका लागि ‘द प्लेस इनबिट्विन’ अर्थात् गन्तव्य र यात्राबीचको संगम स्थलका रूपमा स्थापित हुँदै गएको हायात प्लेस बुटवलले उल्लेख गरेको छ।
होटलले आगामी दिनमा आरामदायी र अर्थपूर्ण अनुभवको खोजीमा रहेका आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो रोजाइको गन्तव्य बन्ने लक्ष्यका साथ सेवा विस्तार र अनुभवमा निरन्तर सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


