उद्यम नवप्रवर्तनमा सहकार्यका लागि लक्ष्मी सनराइज बैंकले गर्यो समझदारी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – Empowering Enterprises अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) नवप्रवर्तनको दायरा मजबुत बनाउन Aadyanta Advisory Pvt. Ltd. र American Chamber of Commerce in Nepal (AmCham Nepal) सँग सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ ।
हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भई आज उद्यम रूपान्तरणको एक रणनीतिक प्लेटफर्मका रूपमा विकसित भएको छ ।
यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, API तथा host to host connectivity मार्फत उद्यमीहरूको सञ्चालन प्रणालीहरूमा बैंकिङ सेवा जडान तथा एकिकृत गर्ने तथा डिजिटल प्लेटफर्मलाई व्यवसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
यस समझदारी अन्तर्गत बैंकको उद्यम डिजिटलाइजेशन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञता सँग जोडी पूँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको छ ।




