रिहा भए प्रभु बैंकका सीईओ अशोक शेरचन
काठमाडाै । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् ।
विशेष सरकारी वकिलको कार्यालयले उनलाई छाड्न आदेश दिएसँगै उनी रिहाइ भएका हुन् ।
तीनवटा केसमा केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई नियन्त्रणमा लिएको थियो । तर, स्वास्थ्यमा समस्या देखिएपछि उनी चीरायू अस्पतालमा उपचाररत थिए। उनलाई बाहिर नै राखेर अनुसन्धान अघि बढाइने भएको छ ।




