घर निर्माण फेस्टमा सारा सेवाको विशेष अफर सार्वजनिक
काठमाडौं । आगामी पुसमा हुने दोस्रो संस्करणको राष्ट्रिय घर निर्माण फेस्ट २०८२ लाईलक्षित गर्दै सारा सेवा आफ्ना विशेष अफरहरु सार्वजनिक गरेको छ ।
रियल–स्टेटको क्षेत्रमाकाम गर्दै आएको सारा सेवाले फेस्टमा अवलोकन गर्न आउने दर्शकहरुका लागि विशेष अफर ल्याएको हो । पहिलो अफरका रुपमा सारा सेवाले“फेस्टिभल अफर” अघि सारेको छ ।
यो अफर मार्फत सम्पत्ति खरिद गर्ने ग्राहकहरूलाई विशेष सम्मान तथा सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ । कम्पनीले सम्पत्ति खरिद मूल्यको आधारमा घरेलु तथा अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरू उपलब्ध गराउने योजना अघि सारेको हो, जसअन्तर्गत १ करोड रुपैयाँसम्मको सम्पत्ति किन्ने ग्राहकका लागि पर्यटकीय शहर पोखरास्थित रुपाकोट रिसोर्टमा २ रात/३ दिनको कपल प्याकेज, १ देखि ३ करोड रुपैयाँसम्मको प्रोपर्टी खरिदकर्ताका लागि दिल्ली, जयपुर र आग्रासहितको ५ रात/६ दिनको प्रिमियम भारत कपल टुर, ३ देखि ५ करोडसम्मको सम्पत्ति खरीद गर्नेहरूका लागि ४रात/५ दिनको थाइल्यान्ड कपल टुर, र ५ करोडभन्दा माथिको सम्पत्ति खरिदकर्ताका लागि ७ रात/७ दिनको भियतनाम तथा थाइल्यान्डको भ्रमण उपलब्ध गराइनेछ ।
राष्ट्रिय घर निर्माण फेस्ट २०८२ को प्रोपर्टी पार्टनर समेत रहेको सारा सेवाले ग्राहकको लगानीलाई सम्मान गर्दै, सम्पत्ति खरिदलाई मात्र वित्तीय निर्णय नभई स्मरणीय अनुभवसँग जोड्ने उद्देश्यले यस्तो विशेष अफर सार्वजनिक गरेको जनाएको छ । कम्पनीका अनुसार, यस प्रकारको सुविधाले सम्पत्ति किन्ने ग्राहकलाई प्रत्यक्ष लाभ दिने मात्र नभइ रियल–स्टेट कारोबारमा सन्तुष्टि, सुरक्षित लगानी र दीर्घकालीन सम्बन्ध निर्माणमा सहयोग पुग्नेछ । यस्तै, सारा सेवाले पर्व महिनाभरका लागि उल्लेखनीय छुट योजना पनि सार्वजनिक गरेको छ, जसले सम्पत्ति खरिद तथा सम्पत्ति–प्रमोशन सेवामा थप सहजता र प्रोत्साहन प्रदान गर्नेछ ।

