नेपाल टेलिकमको सह-प्रवक्तामा प्रक्षेत थापा क्षेत्री
काठमाडाैं । नेपाल टेलिकमको सह-प्रवक्तामा प्रक्षेत थापा क्षेत्री नियुक्त भएका छन् ।
नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप-प्रबन्धक क्षेत्रीलाई कम्पनीको सह-प्रवक्ता तोकेको कम्पनीले जानकारी दिएको हो ।


