नेकपा एमालेकाे अध्यक्षमा ओली र महासचिवमा शंकर विजयी
काठमाडौं । नेकपा एमालेकाे अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । एमालेको ११ औं महाधिवेशनबाट ओली अध्यक्षको रुपमा चुनिएका हुन् ।
एमाले पार्टी अध्यक्ष ओली लगातार तेस्रो पटक पार्टी नेतृत्व हो । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।
पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । यसैगरी महासचिवमा शंकर पाेखरेल विजयी भएका छन् ।
पोखरेलले १२२८ मत ल्याएर विजयी भएका हुन भने सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

