नेपालकै पहिलो एलजी लन्ड्री लाउन्ज काठमाडौँमा सञ्चालनमा, ड्रप अफ र पिक अप सुविधा पनि
काठमाडौँ । नेपालकै पहिलो एलजी लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा आएको छ। यो लन्ड्री लाउन्ज एलजी इलेक्ट्रिोनिक्सले आफ्नो साझेदार Classy Clean सँग मिलेर स्थापना गरेको हो।
एलजी लन्ड्री लाउन्ज एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो, जसमा एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायर जडान गरिएको छ। यसले ग्राहकहरूलाई केवल लुगा धुने सुविधा मात्र नभई, आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा नयाँ अनुभव प्रदान गर्दछ।
सिजी इलेक्ट्रिोनिक्सका साझेदार Classy Clean ले लन्ड्री लाउन्जको सञ्चालन सम्हाल्ने क्रममा एलजी कमर्सियल लन्ड्री सिस्टम प्रयोग गरिरहेको छ। यसले उच्च गुणस्तरीय धुने र सुकाउने सेवा उपलब्ध गराउँछ। एलजीका मेसिनहरूले कपडाको प्रभावकारी धुने प्रक्रिया, ऊर्जा तथा पानीको दक्ष प्रयोग, र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छ। साथै, ड्रायरले उच्च तापक्रमको हावा प्रयोग गरी कपडा स्यानिटाइज समेत गर्छ।
ग्राहकहरूले हप्ताको ७ दिन बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म सेवा लिन सक्नेछन्। ड्रप अफ र पिक अप सुविधा पनि उपलब्ध छ।
यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका थिए।

