स्वदेशी उत्पादन प्रवर्द्धनका लागी बृहत ‘स्वदेशी बजार २०२५’ हुदै
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल –स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजा र २०२५ आयोजना गर्ने भएकाे छ।
मंसिर २७ गते अन्तर्राष्ट्रिय क्लब, ललितपुरकाे सानेपामा सञ्चालन हुने सो एकदिने प्रदर्शनी ले ‘नेपालमै बनेका उत्पादन–नेपा लकै पहिचान’ भन्ने वधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकला ई बजा र पहुँचमा सहयोग पुर्याउने उद्देश्य लिएको छ।
साना, मझौला तथा घरेलु उद्योगको प्रवर्द्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निः शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा तीन हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ।
प्रदर्शनीमा कृषि तथा एग्रो –प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवासम्बन्धी उत्पादन, सजावट सामग्री , चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माणसम्बन्धी उद्योगसहित करिब ४०–५० उद्यो ग तथा उद्यम सहभा गी हुनेछन्। यसमार्फत सहभा गी उद्योगला ई आफ्ना उत्पा दन तथा सेवा सार्वजनिक रूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष संवाद एवं अन्तरक्रिया गर्ने, तथा सम्भावित खरिदकर्ता , वितरक, व्यावसायिक साझेदार र सरोकारवालासँग नेटवर्क विस्तारका कार्यक्रम सञ्चालन गरिनेछ।
परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी बजा र २०२५ ले नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रि यस्तरमा उजागर गर्ने तथा स्वदेशी उत्पादनको उपभोग प्रवर्द्धनमार्फत राष्ट्रि य अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।

