दराज नेपालद्वारा आकर्षक उपहारसहित १२.१२ ग्राण्ड इयर एन्ड सेल घोषणा
काठमाडौं । दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ। यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२)को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ।
कम्पनीका अनुसार सेलमार्फत ग्राहकले ८०% सम्मको फ्ल्यास सेल, ७०% सम्मको मेगा डिल, र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधाको फाइदापनि लिन सक्नेछन्।
यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्ड मार्फत आकर्षक छुट पनि प्रबन्ध मिलाइएको छ । सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१% सम्मको छुट, गोल्ड पार्टनर र्होटो, ब्राण्डहाउस र एईविबी मार्फत ६०% सम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टो नेपालका तर्फबाटे ५०% सम्मको आकर्षक छुटपनि उपलब्ध हुने जानकारी दिइएको छ।
यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ। क्रेजी फ्ल्याश सेल, डिसेम्बर ११को राति ८ बजेदेखि सुरु गरिनेछ। यसका साथै, सिमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरुले मनग्य लाभ लिन सकिने कम्पनीले जनाएकाे छ।
यस पटक, खल्ती वालेट प्रयोगकर्ताका लागि सेल अवधिभर १०% सम्म (अधिकतम रु. २००)को छुट लगायत अफरहरुको पनि ब्यवस्था गरिएको छ। यो सुविधामार्फत क्याशलेस भुक्तानीलाई अझ सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विस्वस्त रहेको छ।
दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरु जित्ने सुनौलो अवसरपनि प्रदान गर्ने भएको छ। एड टू कार्ट एन्ड विन र बाई एन्ड विन फिचर मार्फत ७ जना भाग्यशाली ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन्।

