सुनको मूल्य सामान्य बढ्दा चाँदीको मूल्य हालसम्मकै उच्च
काठमाडौं । बुधबार, नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १५० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् मंगलबार, यस्तो सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला तीन हजार ७५० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो। मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

