बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको १ करोड ८८ लाख रुपैयाँ भुक्तानी
काठमाडौ । देशमा असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ४ अर्ब ४ करोड रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिव १ करोड ८८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१० वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ मध्ये कूल २० वटा बीमा दाबीको करिव ८३ लाख रुपैयाँ, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिव ५० करोड ३७ लाख रुपैयाँ मध्ये कूल ६ वटा दाबीको करिव २ लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव ४ करोड १४ लाख रुपैयाँ मध्ये कूल ३१ दाबीको करिव १३ लाख रुपैयाँ र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव ३ करोड रुपैयाँ मध्ये कूल ९ वटा दाबीको करिव ८७ लाख रुपैयाँ बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।
यसैगरी, सामुद्रिक बीमातर्फ ३ वटा बीमा दाबीको करिव १० लाख रुपैयाँ बीमा दाबीमध्ये एउटा दाबीको करिव ३ लाख रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी भएको छ भने मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख रुपैयाँ र लघुबीमातर्फ २ वटा दाबीको करिव १२ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

