कैलालीमा निर्माणाधीन जालपादेवी केबुलकार अवलोकनमा अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कैलालीमा निर्माणाधीन जालपादेबी केबुलकार तथा रिसोर्ट अवलोकन गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार मानिने चिसापानीमा आईएमई ग्रुपको लगानीमा केबुलकार तथा रिसोर्ट निर्माण हुँदैछ । सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक चन्द्र ढकाल समेत सहभागी थिए ।
ढकालले यो केबुलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने बताए । उनले यो परियोजना यस प्रदेशकै ‘गेम चेन्जर’ सावित हुने समेत बताए ।
सोही अवसरमा अर्थमन्त्री खनालले निजी क्षेत्रबाट अगाडि बढेका परियोजना तोकिएको मिति र बजेटमा सम्पन्न हुने गरेको भन्दै सन्तुष्टि व्यक्त गरेका थिए ।

