प्रिमियर Middle Years विद्यार्थीहरूको प्रतिभा ‘Anveshan: MYP STEAM Exhibition 2025’ मा झल्कियो
काठमाडौं । Premier International IB Continuum School मा आयोजित ‘Anveshan: MYP STEAM Exhibition 2025’ ले कक्षा ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी नवप्रवर्तनशील परियोजनामार्फत उनीहरूको जिज्ञासा, सिर्जनात्मक सोच र प्रविधिगत सीपको उत्कृष्ट प्रस्तुति गरेको छ। साधारण/जटिल मेसिन, ऊर्जा रूपान्तरण तथा प्रणाली (Systems) जस्ता अवधारणामा आधारित अनुसन्धान तथा प्रयोगले STEAM शिक्षाले विद्यार्थीलाई आलोचनात्मक सोच, उद्देश्यपूर्ण डिजाइन तथा वास्तविक समस्या समाधानतर्फ कसरी उन्मुख गराउँछ भन्ने स्पष्ट प्रमाण प्रस्तुत गर्यो।
प्रदर्शनीमा स्वचालित प्रणालीदेखि दिगो प्रविधिसम्मका विभिन्न परियोजनाहरू आकर्षणको केन्द्र बने। Automatic Water Dispenser, Hydraulic Braking System, Piezoelectric Plate आधारित Gravity-Fall Electricity Generator, Smart Gesture-Based Prosthetic Arm, Emergency Situation Remote-Operated Car, Smart Street Lights, तथा Renewable Energy Models जस्ता कार्यशील प्रोटोटाइपले विद्यार्थीहरूको सीप, अनुसन्धान क्षमता र नवप्रवर्तनशीलता झनै प्रष्ट पारे। STEAM शिक्षकहरूको मार्गदर्शनमा विद्यार्थीहरूले MYP Design Technology को प्रक्रिया—Inquiry, Development, Creation र Evaluation—अनुसार कक्षा अवधारणालाई व्यवहारिक परियोजनामा रूपान्तरण गर्न सफल भए।
केवल वैज्ञानिक ज्ञान प्रस्तुत गर्ने मात्र नभई प्रदर्शनीले विद्यार्थीलाई २१औँ शताब्दीका अत्यावश्यक सीपहरूमा दक्ष बनायो-CAD/3D मोडलिङ, सर्किट निर्माण, soldering, Arduino-आधारित coding, block/text coding, साथै project planning, teamwork, troubleshooting, iterative problem-solving जस्ता जीवनभर उपयोगी हुने सीपको अभ्यास गरियो। चुनौती आए पनि बारम्बार सुधार गर्दै अघि बढ्ने उनीहरूको प्रतिबद्धता प्रिमियरको hands-on तथा विद्यार्थी–केन्द्रित शिक्षण प्रणालीको प्रमाण बनेको छ।
कार्यक्रमका विशेष अतिथि तथा Hipco Infra का Director र The Leaf Resort & Spa का Founder हितेश गोल्छाले विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनात्मकता तथा प्रविधि अपनाउने क्षमताप्रति गहिरो प्रशंसा व्यक्त गरे। विशेषगरी कम उमेरका विद्यार्थीहरूबाट देखिएको कार्य–स्तर “असाधारण” रहेको उनले प्रतिक्रिया दिए। उत्कृष्ट परियोजनालाई सम्मानस्वरूप उनले विजेता समूहलाई Lego Gift Bags प्रदान गर्दै हौसला बढाए।
Anveshan: MYP STEAM Exhibition 2025 ले प्रिमियरले अङ्गालेको experiential तथा inquiry-driven शिक्षण दर्शनलाई अझ मजबुत रूपमा उजागर गर्यो। विद्यार्थीलाई आफ्ना विचारहरूलाई डिजाइन, प्रोटोटाइप, परीक्षण, सुधार र प्रस्तुत गर्ने अवसर उपलब्ध गराउनु नै भविष्यका आविष्कारक तथा समस्या समाधानकर्ता तयार गर्ने मार्ग हो भन्ने तथ्यलाई यस प्रदर्शनीले पुनः प्रमाणित गरेको छ।

