पहिलो चौमासमा ७७.५१ प्रतिशत बढ्यो निर्यात, व्यापार घाटा ५ खर्ब १५ अर्ब
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापारमा नेपालले ५ खर्ब १५ अर्ब रुपैयाँ खुद घाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ काे पहिलो चार महिनामा आयात ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.७१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
तथापि यसै अवधिमा निर्याततर्फ ठूलो वृद्धि भएको तथ्यांकले देखाएको छ । गत वर्षकाे यसै अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ निर्यात भएकोमा यस वर्ष ९३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा ७७.५१ प्रतिशले बढी हो । समग्रमा गत वर्ष २०७९/८० काे तुलनामा यस वर्ष नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । आयात, निर्यात तथा कुल व्यापार दुवैमा वृद्धि भए पनि व्यापार घाटा अझै ठूलो स्तरमै रहेको छ ।
कात्तिक मसान्तसम्म कुल वैदेशिक व्यापार ( आयात–निर्यात ) ७०२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २४.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा ५ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।

