उज्यालो नेपाल पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
काठमाडौं । उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । यो पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन्। चुनाव चिह्न बलेको चिम रहेको छ ।
साथै पार्टीले छिट्टै भव्य घोषणा सभाको आयोजना गरिने जनाएको छ । यो पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय छ ।
केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकालका अनुसार दल दर्तासँगै पार्टीको बृहत घोषणासभाको तयारी गरिएको छ । १७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणासभा हुनेछ ।

