लुम्बिनी लायन्सद्धारा चितवन राइनोज पराजित
काठमाडौं । पहिलो संस्करणमा एक खेल मात्र जितेर अन्तिममा रहेको लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउंदै सिद्धार्थ बैक नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो । स्मरण रहोस् लुम्बिनीले पहिलो संस्करणमा पनि चितवन राइनोजलाई मात्रै हराएको थियो ।
चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको हो । लुम्बिनीका लागि गुल्बादिन नइबले अविजित रहँदै २३ बलमा सर्वाधिक ४४ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ४४ बलमा ३९ रन बनाए ।
यस्तै लुम्बिनीको लागि ओपर सन्दीप जोराले २८ रन, डार्शी सटले ११ रन बनाए । बलिङमा चितवनका रिजन ढकालले २ विकेट लिए । त्यसअघि रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको थियो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।
बोपाराले ५५ बलमा सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान कुशल मल्लले २१ रन, सैफ जैबले १५, देव खनालले १५ र दिपक बोहरा १० रन बनाए ।
बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ३ विकेट, अभिशेष गौतमले २ र गुल्बादिन नइबले २ विकेट लिए ।

