ईलाका प्रशासन कार्यालय कोहलपुरमा गुनासो संकलन
काठमाडौं । नेपालगञ्ज ईलाका प्रशासन कार्यलय कोहलपुरमा सेवाग्राहीहरुबाट नागरि गुनासो संकलन गरिएको छ ।
सेवाग्राहीहरुको भिडभाड हुने सरकारी कार्यालयमा बास नेपालले नियमित रुपमा गुनासो संकलन गर्दै आएकोमा आज बुधवार उक्त कार्यालयमा गुनासो संकलन गरिएको हो ।
कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुबाट संकलन गरिएका गुनासो तथा सुझावहरुलाई कार्यलय प्रमुख समक्ष प्रस्तुत गरि सेवा कसरी थप प्रभाकारी बनाउन सन्छि भन्ने उद्धेश्यले १० बजे नै कार्यालय परिसरमा पुगेका बास नेपालका टिमहरुले सेवाग्राहीहरु सँग गुनासोहरु संकलन गरेका थिए ।
जेन्जी आन्दोलनबाट पुर्णरुपमा आगलागि भएको ईलाका प्रशासन कार्यालय कोहलपुरको भवन काम नलाग्ने अबस्थामा पुगेपछि सानो एउटा कोठाबाट सेवा बिस्तार गर्नुपरेको, बाहिरै बरण्डामा बसेर सेवा दिनुपरेको, साथै एउटा कम्प्युटबाट सेवा दिनुपरिरहेको कार्यलयको आफ्नै समस्या हुँदा हुँदै पनि उक्त कार्यालमा सेवा लिन आएका सेवाग्राहीहरुले कार्यालय परिसरमा पिउने पानीको ब्यवस्था नभएको, कार्यालय परिसर फोहोर रहेको, शौचालय सरसफाई नभएको, जैन्जी आन्दोलन भन्दा पहिलेकै सोवाग्राहीहरुको काम नबनेको, टोकन अलि धेरै बितरणगर्नुपर्ने, घर जग्गा नभएर भाडामा बस्दै आएकाले नागरिकता प्राप्त गर्न कठिनाई भएको, तत्काल भवन मर्मत गर्नुपर्ने तथा सेवाग्राहीहरुको संख्या अनुसार कर्मचारीहरुको संख्या बढाउनुपर्ने, कार्यालयमा कम्प्युटर थप गर्नुपर्ने, जेष्ठनागरिकहरुलाई पालो पर्खिदा बस्ने ठाउँ नभएको, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउने सेवा तत्काल बिस्तार गर्नुपर्ने, टाँठाबाँठा मान्छेहरुको काम छिटो हुने तर सोझा सिधा मान्छेको काम समयमा नहुने लगायतका गुनासाहरु रहेका छन् ।
त्यस्तै सेवा लिदा लामो समय लाईन बस्नु पर्ने, पार्किङको ब्यवस्था हुनुपर्ने, कर्मचारीहरु काम ढिलाई गर्ने, टोकनको ब्यवस्थापन गर्नुपर्ने, सफ्टवेरमा समस्या भएको, कर्मचारीहरुले आबश्यक कागजात पहिलेनै जानकारी नगराउने, कहिलेकाँही एउटा काम गर्न ४दिन लाग्ने बताएका छन् ।
उक्त गुनासो संकलन कार्यक्रममा बास नेपालका महासचिव कल्पना अधिकारी, बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्की,बास नेपाल बाँके शाखा सचिव शोभा भन्न्डारी, बास नेपाल कोहलपुर उपशाखाकी सक्रिय सदस्य उर्मिला पाण्डे, सदस्यहरु सबिता सुनार र अमृता घर्तिमगरले कार्यक्रममा सेवाग्राहरिुले नागरिक गुनासो संकलन गरेका थिए ।

