प्रहरीलाई हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहयोग हस्तान्तरण
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनी झापालाई सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्सले हालै जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि इलाका प्रहरी कार्यालय दमकलाई आवश्यक सामग्री सहयोगस्वरूप टेबल र कुर्सी हस्तान्तरण गरेको हो ।
उक्त सहयोग सामग्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ र दमक शाखा प्रमुख सुमन दुलालले संयुक्त रूपमा हस्तान्तरण गरे । सहयोग सामग्री इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्साल तथा इलाका पुनर्निर्माण समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंलाई हस्तान्तरण गरिएको हो ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र विर्तामोड शाखा प्रमुख सुशील थापाले झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान कम्प्युटर पनि प्रदान गरे । यो सहयोगले प्रहरी सेवाको सहजता र कार्यक्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

