एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2 फास्ट चार्जिङ स्टेशन सहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी
काठमाडौं । एमएडब्लूवृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) कोविकासलाईतीव्र बनाउँदै १३९ भन्दा बढी सुचारु चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ।बढ्दै गएका ईभी प्रयोगकर्ताहरूलाई सहयोग गर्ने र देशभर दिगो यातायातलाई प्रवर्द्धन गर्ने क्रममा यो उपलब्धिलाई उल्लेखनीय मानिएको छ।
कम्पनीले यसैवर्षको अन्त्यसम्म थप १०० भन्दाबढी CCS2 फास्टचार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ, जसलेईभीधनीहरूकालागिप्रमुखसहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा झन सहज बनाउने छ।चार्जिङ नेटवर्कले देशका प्रमुख शहरी केन्द्र, क्षेत्रीय शहरहरू र देशका विभिन्न भागहरूलाई जोड्ने मुख्य राजमार्गहरूलाई समेटेको छ, जसले ईभी प्रयोगकर्ताको यात्रा झन्झट मुक्त र निश्चिन्त बनाउँछ।
चार्जिङ स्टेशनहरूमा धेरै ब्राण्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट CCS2 चार्जरहरू छन्।यी स्टेसनहरू पूर्व-पश्चिम राजमार्ग, प्रमुख पर्यटन मार्गहरू र नाका क्षेत्र जस्ता रणनीतिक स्थानमा राखिएका छन्, जसले २४/७ पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्छन्।सुविधालाई ध्यानमा राखेर प्रत्येक स्टेशनलाई केन्द्रीय नियन्त्रण प्रणालीसँग जोडिएको छ, जसले वास्तविक समयमा निगरानी र ग्राहक सहायता उपलब्ध गराउँछ। ग्राहकहरूले MAW Speed Chargers एप प्रयोग गरेर नजिकको चार्जिङस्टेशन सजिलै पत्ता लगाउन सक्छन्।
एमएडब्लू वृद्धिको बढ्दो चार्जिङ नेटवर्कले ईभी चालकलाई रेन्ज आत्मविश्वास बढाउँछ र व्यक्तिगत तथा व्यावसायिक प्रयोगकर्ता बीच ईभीको स्वीकार्यता बढाउन सहयोग गर्छ। निरन्तर विस्तार भइरहेको यो पूर्वाधारले नेपालकै सबैभन्दा ठूलो र भरपर्दो ईभी चार्जिङ नेटवर्क निर्माण गर्ने कम्पनीको दीर्घकालिन दृष्टिकोणलाई प्रष्ट पार्दछ।
यस प्रगतिकाबारेमा कुरा गर्दै एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदी भन्छन्, “हामी देशभरका पहुँचयोग्य र गुणस्तरीय चार्जिंग स्टेसनहरूमार्फत्नेपालको ईभी विकासमा योगदान दिन पाउँदा गर्व गर्छौं। हाम्रो लक्ष्य भनेको सबैका लागि सहज, स्वच्छ र भरपर्दो इलेक्ट्रिक मोबिलिटी सुनिश्चित गर्नु हो।”
यो अभियान नेपाल सरकारले अघिसारेको ईभी प्रवर्द्धन लक्ष्य र दिगो यातायात विकास सम्बन्धी योजना सँग निकट छ। भरपर्दो ईभी चार्जिङ पूर्वाधारमा लगानी गरेर एमएडब्लू वृद्धिले इको-फ्रेन्डली मोबिलिटीलाई सशक्त बनाउँदै नेपाललाई ग्रीन र स्मार्ट भविष्य तर्फ अघि बढाइ रहेको छ।
निरन्तर विस्तार र इनोभेसनका साथ एमएडब्लू वृद्धि देशको ईभी भविष्य निर्माण गर्न, प्रगतिलाई डोहोर्याउन र प्रत्येक यात्रामा सुविधा र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दैछ।
