सामसङ नेपालले ल्यायो ग्यालेक्सी ट्याब एस११ः क्रिएटिभिटी र प्रोडक्टिभिटीको नयाँ युग
काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ट्याब्लेट ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा सार्वजनिक गरेको छ। ग्यालेक्सी एआई र वान यूआई ८ द्वारा संचालित यो प्रिमियम ट्याब्लेटले सिर्जनात्मकता र उत्पादकतालाई नयाँ उचाइमा पुर्याउने उद्देश्य राखेको छ। ट्याब एस११ १२GB RAM र २५६GB स्टोरेजसहित रु. १,२९,९९९ मा देशभरका अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ।
ग्यालेक्सी ट्याब एस११ लाई सहज क्रिएटिभिटी र प्रोडक्टिभिटीका लागि डिजाइन गरिएको छ। यसमा ग्यालेक्सी एआईका शक्तिशाली उपकरणहरू जस्तै Gemini Live (रियल–टाइम स्क्रिन शेयरिङ), Drawing Assist, Writing Assist, र Circle to Search समावेश छन्, जसले लेख्ने, कोर्ने, अध्ययन गर्ने र विचार साट्ने कार्यहरूलाई सहज र प्राकृतिक बनाउँछन्।
११.० इन्चको उच्च–डेफिनिशन डायनामिक डिस्प्ले र ३ nm प्रोसेसरले यसलाई स्मूथ, ऊर्जा–दक्ष र प्रोफेशनल–ग्रेड प्रदर्शन गर्ने बनाएको छ। हल्का तौल र अल्ट्रा–स्लिम डिजाइनमा आएको नयाँ S Pen ले एर्गोनोमिक टिल्ट सेन्सिङ र सटीक नियन्त्रण प्रदान गर्छ, जसले यात्रामा समेत मल्टिटास्किङ सजिलो बनाउँछ।
थप सुविधाहरूमा Samsung DeX Extended Mode समावेश छ, जसले ट्याब र बाह्य मोनिटरलाई डुअल–स्क्रिन वर्कस्पेसमा रूपान्तरण गर्छ। साथै, यसमा GoodNotes, Clip Studio Paint, LumaFusion र Notion जस्ता लोकप्रिय क्रिएटिभ एपहरूसँग उत्कृष्ट अनुकूलता छ, जसले ट्याब S11 लाई विद्यार्थी, पेशेवर र सिर्जनाकर्मीहरूका लागि आदर्श साथी बनाउँछ।
सामसङ नेपालका MX डिभिजनका निर्देशक प्रणय रत्न स्थापित भन्छन्, “ग्यालेक्सी ट्याब S11 ले नेपालका युवा पेशेवर र सिर्जनाकर्मीहरूलाई आधुनिक सिर्जनात्मकता र प्रोडक्टिभिटीको नयाँ परिभाषा दिनेछ।”
ग्राहकहरूले यो ट्याब Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ०% ब्याजदरमा सजिलो EMI विकल्प सहित प्राप्त गर्न सक्नेछन्।
