नेशनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य भएका २२० जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशबाट सीइओ क्लबका सदस्य एवं अभिकर्ताहरूलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो । सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए।

उनले सीइओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीयरुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरुप नै गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको बताए। उनले अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बताए।
कम्पनीले अभिकर्तामैत्री स्किमहरु ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना बढी अभिकर्ताहरू छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए।
कार्यक्रममा सहभागी अभिकर्तालाई प्रशिक्षक काजिम रजाले तालिम प्रदान दिएका थिए । तालिमको क्रममा उनले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै भन्दा धेरै व्यक्तिसँग सम्पर्क बढाइ बीमा पोलिसीको कुरा राख्न सक्ने आवाश्यक ज्ञान र साहस चाहिने बताएका थिए।
