बरिष्ठ कलाकार निर्मोहीलाई व्हील चेयर
नेपालगन्ज । बरिष्ठ कलाकार कमल बि.के. निर्मोहीलाई आवतजावत सहजताका लागि व्हील चेयर प्रदान गरिएको छ । पछिल्लो समय स्वास्थ्यमा उल्लेख्य सुधार भएका निर्मोहीलाई आवतजावतमा समस्या भएपछि बास नेपालले व्हील चेयर हस्तान्तरण गरेको हो ।
आज निर्मोही निवासमा पुगेर समिति सदस्य नेपाल उद्योग बाणिज्य संघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापा मगर, बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाह, सदस्य बसन्ती रोकाया, बास नेपालका निर्देशक हेमराज भट्ट लगायतले ह्वेल चेयर बरिष्ट कलाकार कमल बि.क. निर्मोही र उहाँकी धर्मपत्नी हेरम देबि बिकलाई हस्तान्तरण गरेका थिए ।
व्हील चेयर प्राप्त गरेपछि दैनिक क्रियाकलाप र स्वास्थ्य उपचारमा समेत सहजता हुने भन्दै उहाँकी धर्मपत्नी हेरम देबि बिकले सबैलाई धन्यबाद ज्ञापन गरिन् । सहयोग हस्तान्तरण कार्यक्रममा बास नेपालका प्रशासकीय अधिकृत शुद्ध प्रसाद चौधरी, लेखा अधिकृत राष्टि बुढा मगर, बरिष्ठ सामाजिक परिचालक जमुना चौधरी, शोभा भण्डारी, सामुदायिक सहजकर्ता ज्वती बुढा लगायतको सहभागिता रहेको थियो ।
