जेनजी प्रदर्शनको क्षति: दुई अर्ब एक करोड ९८ लाख बिमा दाबी भुक्तानी

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत बिमा कम्पनीहरूले दुई अर्ब एक करोड ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । १४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल तीन हजार १६६ वटा बिमा दाबीको २३ अर्ब २० करोड ९१ लाख दाबी परेको थियो ।
निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार, कुल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत भएको छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीको मूल्यांकन एवम् अनुगमनका लागि दुई हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बिमकहरूबाट प्राप्त भएको छ ।
यसैगरी, नेपाल पुनर्बिमा कम्पनीमा निर्जीवन बिमा कम्पनीहरूबाट कुल दुई हजार ७३३ वटा पुनर्बिमा दाबी परेको र पुनर्बिमा दाबी रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ रहेको जानकारी पुनर्बिमा कम्पनीले दिएको छ ।
पुनर्बिमा कम्पनीले हालसम्ममा करिव रू. एक अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेस्की) भुक्तानी निर्जीवन बिमा कम्पनीहरूलाई दिएको र ६० वटा दाबीको मूल्यांकन तथा अनुगमनका लागि संयुक्त बिमा सर्भेयर खटाएको तथ्यांक उपलब्ध गराएको छ ।
निर्जीवन बिमाको पोर्टफोलियो अनुसारको बिमा दाबी र भुक्तानीको विद्यमान अवस्था