सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो

काठमाडौं । असोज ३० गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्ला दिन सुनको मूल्यले निरन्तरको रेकर्ड ब्रेक गर्दै बढेको हो ।
यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।