गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८१-८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमध्ये ६ प्रतिशत बोनस सेयर रहेको छ भने ४.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ।
यही असोज २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ रहेको छ । प्रस्ताव अनुसार बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ पुग्नेछ ।