नेपाल बैंकको सञ्चालक समितिमा महेश भट्टराई नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा महेश भट्टराई नियुक्त भएका छन्।
यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो।
भट्टराईले असोज २२ गते सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
भट्टराई अर्थ मन्त्रालयका सहसचिव हुन् ।