आईसीसी टी–२० विश्वकप छनोट खेलमा नेपालको विजयी सुरुवात

काठमाडौं । आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।
अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। नेपालका लागि ओपनिङ्ग ब्याटर कुशल भुर्तेलले सर्वाािध ६६ रन बनाएका थिए। त्यस्तै, गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले २०–२० रन बनाएका थिए।
१४२ रनका लक्ष्यसहित जवाफी ब्याटिङ्गमा उत्रिएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो। नेपालका लागि ललित राजवंशीले २, सन्दीप लामिछानेले २ र कप्तान रोहित पौडेलले २ विकेट लिएका थिए। त्यस्तै कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिएका थिए ।